Logo

असारभित्रै पार्टी एकता सकिने ओलीको विश्वास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको काम असार मसान्तभित्रै सकिने बताएका छन्। पार्टी एकता टुंग्याउन केही अलमल देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले यो आर्थिक वर्षभित्रै पार्टी एकता पूर्ण रुपमा सक्ने बताए।

मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा अध्यक्ष ओलीले जनताको बहुदलिय जनवाद नै पार्टीको सिद्धान्त भएको बताए। उनले एकता टुंगिन केही समय लाग्दा खिसीट्युरी गरिएको बताए।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्