प्रचण्ड गर्मी र तातो हावाले यूरोपका कतिपय देशको जनजीवन प्रभावित भएको छ । फ्रान्समा गर्मीले नयाँ कीर्तिमान राखेको छ ।
शुक्रबार फ्रान्सको ग्यालारगुज ले मोन्ट्युएक्सको तापक्रम ४५.९ डिग्री पुग्यो । यति गर्मी फ्रान्समा कहिले नभएको अन्तर्राष्ट्रिय संचारमाध्मले जनाएको छ । सन् २००३ मा रेडर्क भएको तापक्रमभन्दा अहिलेको तापक्रम १.८ डिग्री बढी छ ।
अत्याधिक गर्मीले फ्रान्सका हजारौं विद्यालय बन्द गरिएका छन् । पौडी पोखरी र सार्वजनिक स्थलहरुको खुल्ने र बन्द हुने समय बढाइएको छ ।
विगतमा तातो हावाका कारण १४ हजार मान्छेको ज्यान गएको थियो । खतरालाई दृष्टिगत गरी फ्रान्समा पूर्व तयारी गरिएको छ । Photo: The Local France