Logo

ओलीलाई उपेन्द्रको अन्तिम अल्टिमेटम



काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै सरकार छोड्ने अल्टिमेटम दिएका छन् । हिजो प्रधानमन्त्रीलाई भेटेर नै उपप्रधानमन्त्री यादवले असार मसान्तभित्र संविधान संशोधन नभए सरकारबाट बाहिरिने स्पष्ट पारेका छन् ।

संविधान संशोधन गर्ने सहमतिका साथ सरकारमा गएका यादव १७ महिना बितिसक्दापनि संविधान संशोधन नभएकोमा ओलीसँग रुष्ट छन् । अहिलेसम्म संविधान संशोधन प्रस्ताव दर्ता नगरेकोमा यादवले असन्तुष्टि राखेका थिए । सरकारबाट बाहिरिनको लागि पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले दबाब दिएको स्रोतको दाबी छ ।

पार्टीले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारले ढिलाइ गरिरहेको यादवको  आरोप छ ।  नेकपा र समाजवादी पार्टीबीच भएको सहमति अनुसार कार्यदल गठन गरेर अगाडि बढनुपर्ने उनले बताए । संशोधनका लागि कार्यदलले प्रस्ताव तयार गरी संशोधन प्रक्रिया अगाडि बढने उनले बताए । समाजवादी पार्टीले कार्यदल गठन गर्न प्रस्ताव अगाडि बढाउने बताउँदै उनले संशोधन प्रक्रिया छिटै नै अगाडि बढने बिश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्