Logo

काठमाण्डौमा फोहोरको पहाड, सिसडोलमा आन्दोलन, महानगर निकम्मा



असार १५, काठमाण्डौ । फोहोर मैला जसले उत्पादन गर्छ, उसैले व्यवस्थापन गर्नु पर्छ भन्ने कानुन छ । आफैँ व्यवस्थापन नगर्नेको फोहोर उठाएर निजी क्षेत्रले ठूलो आम्दानीसमेत लिने गरेको छ । तर काठमाण्डौ महानगरपालिकाले नत फोहोर व्यवस्थापन कानुन कार्यान्वयन गराउन सक्छ न यसवाट लाभ लिन नै सक्छ । जसले गर्दा अहिले काठमाण्डौमा फोहको समस्या चुनौतिपूर्ण बनेको छ ।।

यतिबेला नुवाकोटस्थित सिसडोल क्षेत्रका स्थानीयले काठमाण्डौको फोहोर फाल्न दिएका छैनन् । जबरजस्ती फोहोर फाल्न लागिएपछि भएको प्रतिरोधका क्रममा शनिवार प्रहरीसँग झडपसमेत भयो । केही स्थानीय घाइते भए भने केहीलाई प्रहरीले पक्राउसमेत ग¥यो । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो ।

यता एक हप्तादेखि काठमाडौँको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएको छ । फोहोर यतिसम्म थुप्रिएको छ कि पैदलयात्री रोग लाग्ने हो कि भनेर डराउनुपर्ने अवस्था छ ।

यो तस्विर भृकुटीमण्डपको वाल्मिकी क्याम्पसको मूल ढोका अगाडिको हो ।

क्याम्पस अगाडि थुप्रिएको फोहोर कारण विद्यार्थीहरु आन्दोलमा नै उत्रिनुपर्ने अवस्था आएको छ । फोहोरकै कारण पढाईमासमेत बाधा परेको विद्यार्थीको गुनासो छ ।

सर्वसाधारणहरु काठमाण्डौ महानगरप्रति विद्यार्थीहरु आक्रोषित छन् । सरकारले पनि यसतर्फ चासो नदिएर जनताको समस्याप्रति गैर जिम्मेवार भएको आरोप लागेको छ ।

असार १२ गतेदेखि सिसडोलका बासिन्दाले समस्या दर्शाउँदै ओखरपौवामा बनाइएको फोहोर व्यवस्थापन केन्द्रमा अवरोध गरेपछि उपत्यकामा फोहोर थुप्रिएको हो ।

काठमाडौं उपत्यकामा फोहोर नउठेर चोक, गल्ली र सडकमा डंगुर लाग्दा पनि सरकारले व्यवस्थापनको भरपर्दो विकल्प दिन सकेको छैन । वर्षौदेखिको यो समस्या समाधानका लागि दीर्घकालिल उपाय खोज्ने कि ?



प्रतिक्रिया दिनुहोस्