Logo

ट्रम्पले कोरिया पुगेर छोरी र पम्पिओलाई भने— सुन्दरी र कठोर



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै छोरीको खुलेर प्रशंशा गरेका छन् त्यो पनि कोरिया पुगेर । उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटका लागि दुई कोरियाली सीमारेखा पुगेका आफ्नो बिदाई समारोहमा छोरी इभान्का ट्रम्पलाई सुन्दरी भनेका छन् ।

इभान्कालाई राजनीतिमा प्रशिक्षित गराइरहेका ट्रम्पले मञ्चमै डाकेका थिए । उनले विदेशमन्त्री माइक पोम्पिओको पनि खुबै प्रशंशा गरे । पोम्ओिलाई कठोर भने ।

ह्वाइट हाउसकी वरिष्ठ सल्लाहकार इभान्कालाई ट्रम्प निकै विश्वास गर्छन् । उनले छोरीलाई राजनीतिमा ल्याउन खोजेको चर्चा चलिरहन्छ । इभान्कालाई चर्चामा ल्याउन विवादास्पद अभिव्यक्ति दिइरहन्छन् । यतिसम्मकी उनले राष्ट्रपति नहुँदै इभान्का आफ्नो छोरी नभएको भए डेटिङ जानेथिएँ भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्