Logo

भक्तपरमा टिपरको ठक्करले एकको मृत्यु



भक्तपुर, १६ असार । मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिए ।

काठमाडाँैबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ५३४३ नं मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए। दुबै सवारी साधन महानगरीय प्रहरी वृत्तथिमिको नियन्त्रणमा राखेको र फरार टिफर चालकको खोजी भइरहेको उनले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्