Logo

विश्व नम्बर दुई ओसाका पहिलो चरणमै पराजित



विश्व नम्बर दुई नाओमी ओसाकाको खराब प्रदर्शनले निरन्तरता पाएको छ । पूर्व विश्व नम्बर एक जापानी खेलाडीले विम्बल्डन टेनिसको पहिलो राउण्डमै पराजय भोग्नुपरेको छ ।

सोमबार भएको प्रतिष्पर्धामा काजकस्तानकी युलिया पुटिनटसेभासँग ७६ र ६२ को सोझो सेटमा ओसाका पराजित भएकी हुन् । पूर्व युएस र अष्ट्रेलियन ओपन विजेता ओसाका खराब प्रदर्शनका कारण विश्व नम्बर एकको वरियता गुमाउन पुगेकी हुन् ।

अहिलेको खराब प्रदर्शनले उनलाई वरियतामा अझ तल झार्न सक्नेछ । २१ वर्षीया ओसाकाले आफू झण्डै रुन पुगेको बताइन् । उनले एकपछि अर्को पराजय भोग्नुमा खेलमा संयमता नअपनाउनु र लय गुमाउनु कारण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्