ब्राजिल, १८ असार । अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित हासिल गरेको हो ।
ब्राजिलको जितमा रोबर्टो फिरमिनो र ग्याब्रियल जेससले गोल गरे । यसअघिका चार संस्करणमध्ये तीनवटा संस्करणमा फाइनलमा पराजित भएको अर्जेन्टिना यो पटक सेमिफाइनलबाटै बाहिरिएको हो ।
खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा फिरमिनोले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे । ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिश्पर्धा गर्ने छ । एजेन्सीको सहयोगमा