सँसारमा सबैभन्दा बढी आर्जन गर्ने खेलाडीमा लियोनल मेसी हुन् । अर्जेन्टिनी फुटबल स्टारले गएको वर्ष १२ करोड ७० लाख डलर कमाएको फोर्बस्ले जनाएको छ । उनको तलब र पुरस्कार रकमवापत् मात्र नौ करोड २० लाख डलर कमाए ।
दोस्रो नम्बरमा पोर्चुगेली खेलाडी क्रिस्टियानो रोनाल्डो छन् । उनको कमाई १० करोड ९० लाख छ । उनको तलब छ करोड पाँच लाख डलर छ ।
ब्राजिलका निमारको कमाई १० करोड पाँच लाख डलर रह्यो । उनको कमाई सात करोड पाँच लाख डलर छ ।
मेक्सिकोका बक्सिङ खेलाडी क्यानेलो अल्भारेज चौंथो नम्बरमा छन् । उनको कमाई नौ करोड चार लाख डलर रह्यो । उनको खेलजितेवापत्को आम्दानी नौ करोड २० लाख डलर छ । टेनिस स्टार रोजर फेडररले नौ करोड ३४ लाख डलर आम्दानी गरे ।
छैंठो नम्बरमा रहेका रग्बी फुटबल खेलाडी रुसेल विल्सनले आठ करोड ९५ लाख डलर आम्दानी गरे । अर्का रग्बी फुटबल खेलाडी एरोन रोडगर्सले आठ करोड ९३ लाख डलर आर्जन गरे ।
अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्स सबैभन्दा बढी कमाउनेको आठौं नम्बरमा छन् । उनको गत सालको कमाई आठ करोड ९० लाख डलर रह्यो । बास्केटबल स्टार स्टेफन करी सबैभन्दा बढी कमाउनेको नवौं नम्बरमा परे । उनको आम्दानी सात करोड ९८ लाख डलर रह्यो । दशौं नम्बरमा पनि अमेरिकी बास्केटबल खेलाडी केभिन डुरान्ट रहे । उनको आम्दानी छ करोड ५४ लाख डलर रह्यो ।
सबैभन्दा बढी आम्दानी गर्नेको सूचीको मुख्य दशजनाभित्र पाँच जना अमेरिकी खेलाडी छन् । कुनैपनि महिला खेलाडी टप टेनमा परेका छैनन् ।