Logo

देउवा निवासमा महायज्ञ, नेताहरुको घुइँचो



काठमाडौं, २१ असार । नेपाल काँग्रेसका सभापति शेरबहादुरको बुढानिलकण्ठस्थित निवासमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । २५ असारसम्म चल्ने श्रीमद्भागवत् ज्ञान महायज्ञ १९ असारबाट साइत हेरेर शुरु गरिएको हो ।

ज्योतिषको सल्लाह र पत्नी आरजु देउवाको इच्छामा देउवा निवासमा सप्ताह ज्ञान महायज्ञ लगाइएको देउवा निकटस्थ स्रोतले बताएको छ । देउवा ज्योतिषमा निकै विश्वास राख्छन् । उनले ज्योतिषलाई निकै महत्व र समय दिने गरेको भन्द पार्टीभित्र आलोचना समेत हुने गरेको थियो ।


भारतमा हिन्दुवादी भारतीय जनता पार्टीले सानदार बहुमतका साथ चुनाव जितेपछि देउवाले हिन्दु धर्मको अभ्यासका रुपमा लिइएको महायज्ञ आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय देउवा र पत्नी आरजु भारतीय जनता पार्टी निकटस्थसँग भेटघाट बढाइरहेका छन् ।

यसैगरी, धर्मगुरुहरुसँग भेट्न र सल्लाह लिन देउवा उत्साही भएर लाग्छन् । उनलाई भाग्यवादी नेता पनि भनिन्छ ।

बुढानिलकण्ठमा ठूलो क्षेत्रफलमा फैलिएको स्थानमा देउवा बस्दै आएका छन् । महायज्ञमा नेपाली काँग्रेसका नेताहरुको भीड लागेको छ । महापुराण सुन्न र प्रसाद ग्रहण गर्न भन्दै काँग्रेस कार्यकर्ताहरु गइरहेका छन् । देउवा दम्पत्ति महायज्ञमा स्वयं सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्