Logo

यसरी भयो देउवा-पौडेल सहमति



काठमाडौं, २१ असार । नेपाली काँग्रेसको महाधिवेशन समयमै गर्ने गरी प्रक्रिया बढाउन सभापति शेरबहादुर देउवा तयार भएका छन् । देउवाले महाधिवेशन सार्ने उद्देश्यले पार्टीको तल्लो तहमा तदर्थ समितिहरु गठन गर्न खोजेपछि वरिष्ठ नेता शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला कडा रुपमा प्रस्तुत भएका थिए ।

पार्टीभित्र विरोध भएपछि देउवाले पौडेलसँग बसेर सहमति निर्माण गरेका थिए । सहमति अनुसार काँग्रेसको तल्लो तह देखि चुनावी प्रक्रिया अगाडि बढाइनेछ । चुनावबाट चुनिएर आएकाहरुबाट पार्टी संचालन गर्ने विधान अनुसार काम गर्ने सहमति बनेको हो ।

महाधिवेशन समयमै गर्न देउवाले पौडेलेको साथ मागेका छन् । पौडेलले विधान अनुसार समयमै महाधिवेशन गरेर जान आफूले जुनसुकै सहयोग गर्ने जवाफ दिएका थिए । दुवै नेताबीच पटक पटक बैठक राखेर सहमति बनाइएको हो ।

देउवा र पौडेलबीच पार्टीको तल्लो इकाईको संगठन मजबुत पार्न मिलेर बढ्ने सहमति समेत भएको छ । तल्लो एकाईदेखि नै लोकतान्त्रिक पद्धति बलियो बनाउन चुनावबाहेकमा जान नहुनेमा सहमति बनेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्