Logo

केन्द्रिय समिति बैठकमा हिन्दूराष्ट्रको विषय प्रवेश गराउँछु : शंकर भण्डारी



काठमाडौं, २१ असार ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले भोलिबाट सुरु हुने बैठकमा धेरे विषयमा गहन छलफल हुने र त्यसमा पनि हिन्दूराष्ट्रको विषय उठ्ने स्पष्ट पारे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले कांग्रेस केन्द्रिय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘भोलिको बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ । नेकपाको गतिविधि र सरकारको कामबारेपनि विश्लेषण हुन्छ ।’ पछिल्लो समय हिन्दूराष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै भोलिको बैठकमा यो विषयपनि स्वभाविक रुपमा उठ्ने भण्डारीले जनाए ।

महासमितिको बैठकमा ७०९ सदस्यको हस्ताक्षरसहित हिन्दूराष्ट्रको एजेण्डा उठाएको सुनाए । उनले भने,‘भोलिको बैठकमा मैले यो विषय प्रवेश गराउँछु । यो नेपाली कांग्रेसको भविष्यसँगमात्रै नभएर सिँगो मुलुकको भविष्यसँग जोडिएको छ । अब विलम्ब नगरी पार्टीले हिन्दूराष्ट्रको बारेमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ ।’

भण्डारीले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिए । उनले थपे,‘अब व्यक्तिवादी चरित्रले काम गर्दैन् ।’ वर्तमान सरकार शान्ति, सुरक्षा कायम गर्न चुकेको र ईतिहासमै यो मामिलामा कमजोर बनेको उनको आरोप छ । भ्रष्टाचार, महँगीलगायतका विषयमा पनि सरकार चुकेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्