Logo

भोलिबाट सुरु हुने बैठकले नेताहरुबीच एकता कायम हुन्छ : यादव



काठमाडौं, २१ असार ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय तथा पूर्व कृषिमन्त्री रामकृष्ण यादवले भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमितिको बैठकले नेताहरुबीच एकता कायम गर्ने स्पष्ट पारे । उनले भने,‘हाम्रा नेताहरुबीच एकता हुन आवश्यक छ । आम जनताले पनि त्यही चाहना राख्नुभएको छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले कांग्रेस केन्द्रिय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै यादवले भोलिको बैठकमा पार्टीको विधान पारित भैसकेकोले अब नियामावलीको प्रस्ताव आउनेपनि सुनाए । उनले भने,‘पार्टीको संरचना बनाउने कोशिस भैरहेको छ । त्यसका बारेमा पनि प्रस्ताव आउँछ ।’

सरकारले ल्याएको बजेट संघीयताअनुरुप नआएको र यसले संविधानलाई बलियो नबनाउने यादवको दाबी छ । वर्तमान सरकारले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर तुल्याउने काम गरिरहेकोले अब कांग्रेसले सरकारको गलत कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने पनि उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्