Logo

विश्व सम्पदा सूचीमा परे २९ नयाँ सम्पदा



विश्व सम्पदा सूचीमा कुल २९ नयाँ सम्पदा सुचीकृत भएका छन् । अजरबैजानको बाकुमा बसेको विश्व सम्पदा कमिटिको ४३ औं सम्मेलनले थप २९ सम्पदालाई सुचीकृत गरेको हो ।

सबैभदा बढी युरोपबाट १५, एशिया प्यासिफिक क्षेत्रबाट दश, अफ्रिकाबाट एक, अरब राष्ट्रहरुबाट दुई र उत्तर अमेरिका र ल्याटिन अमेरिकाबाट एक एक क्षेत्र विश्व सम्पदामा सुचीकृत भएको विश्व सम्पदाको वेवसाइटमा उल्लेख छ ।

योसँगै विश्वका एक सय ६७ देशका ११ सय २१ नयाँ सम्पदा विश्व सम्पदामा सुचीकृत भएका छन् । यसवर्ष सूचीकृत भएकोमा इराकको बेबिलोन सँसारको सातौ आश्चर्यमध्येको एक हो । प्राचीन बेबिलोन शहर विश्व सम्पदा सूचीमा परेपछि यसको ठूलो चर्चा भएको छ । बहराइनको डिल्मुन ब्युरियल मन्डस पनि सूचीमा परेको छ ।

अर्कोवर्ष चीनको फुजुमा ४४ औं सम्मेलन आयोजना हुने तय भएको छ । Photo: worldatllas



प्रतिक्रिया दिनुहोस्