Logo

उडेको विमानमा आगो लागेपछि….



विमान उडिरहेको थियो । एक्कासी ठूलो आवाज आयो । यात्रुहरु आत्तिनथाले । विमानभित्र धुँवा छिर्यो । यात्रुहरु त्रसित भए । एकैछिनमा पाइलटले विमानलाई आकस्मिक अवतरण गर्न लागेको सूचना दिए ।

यो घटना अमेरिकाको हो । एक सय ५० यात्रुसहित उडेको डेल्टा फ्लाइट १४२५ एटलान्टाबाट बाल्टिमोरतर्फ उडिरहँदा गत सोमबार भएको घटना हो यो । विमानलाई पाइलटले सफलतापूर्वक आकस्मिक अवतरण गर्न सके । नर्थ क्यारोलिनामा अवतरणपछि यात्रुलाई सुरक्षित तरिकाले उतारिएको थियो ।

विमान उडेको एक घन्टापछि एउटा इन्जिनमा आगो लागेको थियो । एकजना यात्रुले घटनाको भिडियो रेकर्ड गरेको थिए ।



प्रतिक्रिया दिनुहोस्