Logo

काठमाडौं उपत्यकासहित मध्य तराईमा हावाहुरीसहित वर्षा



काठमाडौं, २७ असार । यसवर्ष असारको अन्तिममा हावाहुरी लागेको छ । काठमाडौं उपत्यकाका अलावा मध्य तराईका केही जिल्लाहरुमा २६ असारको राति हावाहुरीसहित वर्षा भएको छ । मध्यरातिसम्म हावाहुरीसहित वर्षा भयो ।

भारी वर्षा नभएपनि हावाहुरीसहित वर्षा हुँदा मौसम अस्वाभाविक देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकालगायत देशा तराईका भूभागहरुमा हावाहुरीसहित वर्षा हुने अनुमान गरेको थियो ।

विशेषगरी काठमाडौं उपत्यकासहित सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, रौतहट, बारा, पर्सा तथा आसपासका क्षेत्रहरुमा हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले २६ असारको साँझ अनुमान गरेको थियो ।

यसैगरी, बाढी सूचना केन्द्रले तराईका केही जिल्लाहरुमा नदीमा बाढी आउँदा शर्तकना अपनाउन आग्रह गरेको छ । २६ असारको साँझ ९ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले तिनाउको तल्लो तटीय क्षेत्रमा २७ असारको विहानसम्म सतर्कता अपनाउन भनिएको छ । तस्वीरः मौसम पूर्वानुमान महाशाखा



प्रतिक्रिया दिनुहोस्