Logo

अबिरल बर्षाको कारण जनकपुरको जनजिवन प्रभावित



जनकपुरधाम । अबिरल बर्षाको कारण धनुषा जिल्लाको बिभिन्न गाबिस लगायत जनकपुरधाम नगरपालिकाको जनजिवन अत्याधिक प्रभावित भएको छ । जनकपुरधाम नगरमा मात्र एक हजार भन्दा बढी घरमा पानी पसेको जानकारी स्थानीयबासीहरुले दिएका छन । जनकपुरधामको मुल सडकहरुमा २ फिट भन्दा माथि पानी जमेको छ ।

पूरै जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधामको शिक्षण सस्थान पनि प्रभाबित भएको छ । बिद्यालयहरुमा पानी पसेका कारण दर्जनौ विद्यालय क्याम्पसहरु संचालनमा आएको छैन । जनकपुर अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीलाइ उपचारमा समस्या भइरहेको छ ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालय सहित सरकारी कार्यालयहरुमा पानी पसेको छ । लाखौ रुपैया खर्चेर नाला र सडक बनाइएपनि नाला जामका कारण जनकपुरधाममा बढी समस्या देखिएको छ । यता धनुषा जिल्लाको एक दर्जन गाबिस डुबानमा परेको छ । जिल्लाबाट बग्ने कमला, जलाधी, जमुनी लगायतका नदीहरु खतरा माथी बगि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्