Logo

रौतहटका अधिकांस वस्ती डुवानमा



रौतहट । लगातार बर्षाका कारण चन्द्रपुर नगरपालिकासहित रौतहटका अधिकांस स्थान डुवानमा परेका छन् । भारी वर्षा र बाढीका कारण चन्द्रपुर, ईशनाथ, गौरलगायतका नगरपालिका डुवानमा परेका हुन् ।

त्यसैगरी दुर्गा भगवती गाउँपालिकासमेत डुवानमा परेको छ । पानीको निकास नभएपछि वस्ती डुवानमा परेका हुन् । सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयसहितका अधिकांस सरकारी कार्यालय समेत डुबानमा परेका छन् ।

पूर्व–पश्चिम राजमार्गको चन्द्रपुरबाट पूर्वतर्फको कजवेमा पानीको प्रवाह बढी भएका कारण यातायात सञ्चालन रोकिएको छ । सबैतिर जलमग्न भएपछि मानिसको चहलपहल न्यून भएको छ । पूर्वको बागमती र पश्चिमको लाल बकैया नदीमा पानीको सतह बढ्दै गएपछि दक्षिण भेगका स्थानीय उच्च जोखिमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्