काठमाडौं, २७ असार । मनसुन २६ असारबाट निकै सक्रिय भएर अझै दुई दिन रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली विकसित भएकाले अविरल वर्षाको सम्भावना अझै दुई दिन रहनेछ ।
विभागले प्रेस विज्ञप्ति जारी गरी मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रहहरुमा अविरल वर्षा भई विहान देखि बाग्मती र कमलालगायत सो क्षेत्रका स साना नदीहरुमा समेत बाढीले खतराको तह पार गरेको जनाएको छ ।
विभागले अबको दुई दिन जारी रहने वर्षाका समयमा उच्च सतकर्ततामा रहन भनेको छ ।