फेरि विवादमा परेका छन् । यसपटक उनी चुम्बनका कारण विवादमा परेका हुन् ।
सन् २०१६ को राष्ट्रपति चुनावको अभियानमा सहभागी अल्भा जोन्सनलाई चुम्बन गरेका थिए । भिडियो फुटेज समेत रहेको चुम्बन अहिले विवादमा परेको हो ।
जोन्सनले आफूलाई ट्रम्पले इच्छाविपरित चुम्बन गरेको आरोप लगाएकी छिन् । हात पक्रेर तान्दै जर्बजस्ती चुम्बन गरेको जोन्सनको भनाई छ ।
जोन्सनको आरोपको ह्वाइट हाउस र ट्रम्पको चुनावी अभियानले खण्डन गरेको छ । सहमतिमा चुम्बनभएको दाबी गरिएको छ ।
भिडियोमा जोन्सनले ट्रम्पका लागि आठ महिनायता घरपरिवार छाडेर लागेको बताएको सुनिन्छ ।
धेरै महिलासँगको यौन सम्बन्धको विषयले ट्रम्प हरेक महिना विवादमा पर्दै आएका छन् । उनीमाथि जर्बजस्ती यौन सम्पर्क गरेको आरोप लगाउने महिलाहरुको संख्या बढ्दो छ । Photo: pjmedia