Logo

अपडेटः वर्षाका कारण हालसम्म ३२ को मृत्यु



काठमाडौं, असार २८ । देशभर वर्षाका कारण हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ । का अनुसार २१ वेपत्ता छन् । २६ घाइते भएका छन् ।

बाढी र पहिरोमा परेकाहरुमध्ये दुई हजारभन्दा बढीको उद्दार गरिएको छ । मर्नेहरुमा अधिकांश बाढी र पहिरोमा परेका छन् ।

पर्खाल भत्कदा केहीको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा पानी परेकाले क्षति अझै बढ्न सक्ने सम्भावना रहेको छ ।


रौतहटमा डुबानको समस्या परेको छ । तराईका अधिकांश जिल्लाहरुमा डुबान हुनुका साथै नदीहहरुले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचनाका अनुसार राप्ती नदीको कुसुम जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्