Logo

अमेरिकाको टाउको दुखाई बनेको रुसी एस—४०० मिसाइल



एजेन्सी, २९ असार । अहिले  र नेटा सदस्य राष्ट्रका लागि रुसमा निर्माण गरिएको एस-४०० मिसाइल टाउको दुखाई बनेको छ । नेटा सदस्य राष्ट्र टर्कीले रुसले उत्पादन गरेको एस ४०० मिसाइल खरिद गरेपछि अमेरिकाले गम्भीर चासो व्यक्त गरेको हो ।

दुई अर्ब डलरको सम्झौता बमोजिम टर्कीले हतियार खरिद गरेको हो । यो मिसाइल खरिद गरे अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिदै आएको थियो । तर, अंकाराले वासिङ्टनको चेतावनीलाई बेवास्ता गर्यो । शनिबार टर्कीको राजधानी अंकारामा पहिलो चरणको एस ४०० मिसाइल पुगिसकेको छ ।
रुसले हतियारको व्यापारमा अमेरिकालाई चुनौती थपिरहँदा हतियार टर्कीलाई बेचेको हो । निकै प्रभावकारी मानिएको यो हतियार खरिद गरेर टर्कीले अमेरिका र पश्चिमा देशहरुबाट आफूलाई दूर राख्ने सन्देश पनि दिएको छ ।

के हो एस-४००

विगतमा रुसले बेच्दै आएको एस ३०० मिसाइलको विकसित रुप हो एस-४०० मिसाइल । जमिनबाट आकाशमा मार गर्न सक्ने यो मिसाइलको विशेष क्षमताका कारण चीन, भारत, साउदी अरेबिया, टर्की, कतार जस्ता देशहरुले खरिदको इच्छा देखाएका छन् ।


प्राविधिक रुपमा निकै प्रभावकारी भएकाले यसको माग शक्तिशाली देशहरुमा बढेको हो । रुसले हतियार खरिदलाई दृष्टिगत गरी कुटनीतिक र सैन्य गतिविधि बढाइरहेको छ । तेलपछि रुसको आम्दानीको मुख्य स्रोत हतियार हो । त्यसैले उसले नयाँ प्रविधि जडित हतियार अन्तर्राष्ट्रिय बजारमा ल्याइरहन्छ ।

एस ४०० ले ४०० किलोमिटर दूरीसम्म मार हान्न सक्छ । यसमा राडार र अन्य प्रकारको सेन्सर छ । राडारले ६०० किलोमिटर दूरीसम्मको निगरानीको क्षमता राख्छ ।

लक्ष्य भेदमा अब्बल रहेको, उच्च गतिशिलता र केही मिनेटमै प्रहार हुनसक्छ ।

तर, नेटो सदस्य राष्ट्र टर्कीले रुसमा निर्मित एस-४०० मिसाइल खरिद गर्नुलाई अर्थपूर्ण मानिएको छ । उसलाई हतियार खरिद नगर्न अमेरिकासहित नेटो सदस्यराष्ट्रहरुको दबाब रहेको थियो ।

एस ४०० विक्रीमा रुस अगाडि बढिरहँदा अमेरिकाले त्यसलाई रोक्न रणनीति अपनाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्