Logo

दुई करोड मूल्यको जुत्ता



एक जोर जुत्ताको मूल्य झण्डै दुई करोड राखिएको छ । दुर्लभ मानिएको नाइक ब्रान्डको “मुन शु” लिलामीमा राखिएको छ ।

पुराना सामाग्री लिलामीमा राख्ने कम्पनि सथबाईले सन् १९७२ मा बनेको एक जोर जुत्ताको मूल्य न्युनतम एक लाख ६० हजार डलर राखेको हो । उक्त जुत्ता दौडनका लागि सन् १९७२ मा हातले सिएर बनाईको थियो ।

मेशिन प्रयोग नगरिएको जुत्ता नाइकका सह संस्थापक विल बोअरम्यानले सन् १९७२ को ओलम्कि परीक्षणका लागि तयार गरेका थिए ।
ऐतिहासिक महत्व भएकाले जुत्ता अझ बढी मूल्यमा बिक्न सकिने आशा गरिएको छ । Photo:



प्रतिक्रिया दिनुहोस्