Logo

भारतले चन्द्रयान प्रक्षेपण रोक्यो



भारतले चन्द्रमामा पठाउन लागेको चन्द्रयान-२ को प्रक्षेपण अहिलेलाई रोकेको छ । प्राविधिक समस्या आएको भन्दै प्रक्षेपण रोकेको हो ।

१५ जुलाईको सन् २०१९ को भारतीय समय अनुसार दुई बजेर ५१ मिनेटमा यान प्रक्षेपण गर्ने तय भएको थियो । तर, अन्तिम समयमा केही प्राविधिक कारण भन्दै उसले प्रक्षेपण अहिलेलाई रोकेको हो । अब प्रक्षेपणको मिति चाँडै तय हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

भारतको यान प्रक्षेपणलाई विश्वभर चासोका साथ हेरिएको थियो । उसले प्रक्षेपण गर्न लागेको यान चन्द्रमाको सतहमा पुर्याउने उद्देश्यका साथ थियो ।

भारत चन्द्रमाको नयाँ दौडमा सहभागी हुनुलाई उसको महाशक्ति बन्ने महत्वाकांक्षाका रुपमा हेरिएको छ । चन्द्रमामा यान अवतरण गरेमा दौडमा सहभागी अमेरिका, रुस र चीनपछि चौंथो मुलुक बन्नेछ ।


भारतले चन्द्रयान मा अवतरण गर्ने योजना बनाएको छ । यो सफल भएमा चीनपछि भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने दोस्रो देश बन्नेछ । उक्त क्षेत्रमा पानी रहेको अनुमानका आधारमा अन्वेषणहरु हुन थालेका छने । Photo: Indian Space Research Organisation



प्रतिक्रिया दिनुहोस्