Logo

कुलेखानीको बाँध भरियो, निकास खोलिने



काठमाडौं, ३० असार । कुलेखानीको बाँध भरिएको छ । बाँध भरिएर इन्द्र सरोवर २५.५ मिटर देखि ३० मिटर पानीको सतह पुगेको छ ।
नेपाल प्रहरीका अनुसार बाँध भरिएकाले नियन्त्रित निकास गरिदैछ । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाब बढ्ने हुँदा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

वर्षाको पानीले इन्द्रसरोवर भरिएको हो । यो वर्ष बाँध भरिएकाले विद्युत उत्पादनमा फाइदा पुग्ने भएको छ । File Photo: youtube



प्रतिक्रिया दिनुहोस्