Logo

वर्षाका कारण मर्नेको संख्या ६७ पुग्यो, कहाँ कति क्षति (विवरणसहित)



काठमाडौं, ३० असार । वर्षाका कारण चार दिनयता मर्नेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमा ४१ जना पुरुष र २६ जना महिला छन् ।

नेपाल प्रहरीका अनुसार ३० असारको दिउँसोसम्मको क्षति विवरण अनुसार सबैभन्दा बढी मकवानपुरमा छ जनाको मृत्यु भएको छ । ललितपुर, रौतहट र भोजपुरमा ५/५ जनाको मृत्यु भएको छ । हालसम्म ३२ जना वेपत्ता भएका छन् । ३९ जना घाइते छन् ।

काठमाडौंमा ३ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४र४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३र३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २र२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १र१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो ।
बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १र१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३र३ जना, महोत्तरी र मकवानपुरमा २र२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १र१ जना गरी ३२ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३र३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २र२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १र१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ ।

महोत्तरी वर्दिवास नगरपालिका(१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्