जनकपुर, ३० असार । समी मण्डललाई प्रश्रव पीडामा थिइन् । सुत्केरी व्यथाका कारण उनलाई अस्पताल लान सकिएको थिएन ।
जनकपुर उपमहानगरपालिका-१८ बाट अस्पताल पुग्ने बाटोमा बाढी र डुबानको चुनौती थियो । तर, व्यथाले समि छटपटिएपछि प्रहरीको सहायता मागियो ।
नेपाल प्रहरीको टोलीले उनलाई जोखिम बोलेर बाढी आएको स्थानबाट कटाएर अस्पताल पुर्यायो । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी कपिलेश्वरबाट खटिएको टोलीले उनलाई धनुषा अस्पताल पुर्याएको थियो ।
सुत्केरी व्यथा लागेर छटपटिएकी उनी बाढी र डुबान पार गर्दै अस्पताल पुगिन् जहाँ नवजात शिशुलाई जन्म दिइन् ।