काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद बलराम बाँस्कोटाले भेनेजुयलाका राष्ट्रपतिका छोरा काठमाडौं आएको भन्ने कुरा आफ्नो जानकारीमा नभएको भन्दै हाँस्यस्पद दाबी गरेका छन् ।
मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् । भेनेजुयलाको युवा संघको प्रतिनिधिमण्डल नेपाल आएको भन्ने कुरामात्रै आफ्नो जानकारीमा आएको तर राष्ट्रपति मादुरोको छोरा नै काठमाडौं आएको भन्ने कुरामा सत्यता नभएको उनको जिकिर थियो ।