Logo

वर्षाका कारण ईलामका ग्रामिण क्षेत्रमा आवतजावत कष्टकर



इलाम, २ साउन । वर्षाका कारण कच्ची सडकहरू हिलाम्य बनेपछि इलामका ग्रामीण क्षेत्रको आवतजावत कष्टकर बनेको छ । सदरमुकामसँग जोडिएका अधिकांश सडकहरु वर्षात्ले बिग्रिएपछि आवागमनमा समस्या भएको हो । अधिकांश सडकहरु कच्ची भएकाले वर्षायाममा इलामवासीले ठूलो सास्ती खेप्नुपरेको छ ।

सदरमुकामसँग सबै स्थानीय तहका सडक सञ्जालसँग जोडिएका छन् तर अधिकांश सडक कच्ची भएका कारण वर्षाकालमा सञ्चालनमा कठिनाइ हुने गरेको छ । सडक सञ्चालनमा अवरोध हुँदा दैनिक उपभोग्य सामाग्रीको ढुवानी र नगदेवाली बिक्रीका लागि सबैभन्दा बढी अप्ठ्यारो भइरहेको हो ।

लगातारको वर्षाले सडक हिलाम्ये भएको र ठाउँठाउँमा पहिरो गएकाले कमाइभन्दा खर्च बढी हुने भएपछि सवारी साधन सञ्चालन नगरेको चालकहरु बताउँछन् । गाउँगाउँमा सिंहदरबारको नारासँगै स्थापित भएका स्थानीय तहहरु पनि सडक बनाउने विषयलाई प्राथमिकतामा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्