Logo

मिसाइलले खुलायो अमेरिका र रुसबीच विश्वभर प्रभाव बढाउने शक्तिसंघर्ष



रिपोर्टर्स नेपाल विशेष । रुसले उत्पादन गरेको मिसाइलले उसलाई विश्व मञ्चमा पुनः बलियो शक्तिकेन्द्रका रुपमा उभ्याएको छ । एस-४०० मिसाइल सँसारमा अहिलेसम्म भएका मिसाइलमध्ये उत्कृष्ट रहेको हतियार बजारमा चर्चा चलिरहेको छ ।

हतियार विक्री गर्न रुस विभिन्न माध्यमले सँसारभर सक्रिय देखिइरहेको छ । उसलाई रोक्न अमेरिका र युरोपका शक्तिशाली देशहरु लागिपरेका छन् ।

भारत, साउदी अरेबिया, कतारलगायतका देशलाई रुसले एस ४०० मिसाइल विक्री गर्ने पक्का भइसकेको छ । तर, युरोपेली देश टर्कीलाई मिसाइल बेचेपछि भने तरंग आएको छ ।

टर्कीमा मिसाइल धमाधम पुगिरहेको छ । अमेरिकाले हतियार खरिद नगर्न दबाब दिनुका बाबजुद खरिद गरेको छ टर्कीले । अमेरिका सदस्य रहेको नेटोको सदस्य राष्ट्र टर्कीले हतियार खरिद गर्नु उसका लागि सकारात्मक सन्देश गएन । त्यसैले अमेरिका टर्कीसँग चिढिएको छ ।

रुसले विशेष प्रविधियुक्त प्रभावशाली मिसाइल बनाएर बेच्न थालेपछि हतियार बजारमा हलचल आउनु स्वाभाविक नै थियो । हतियार बेचेर अर्थतन्त्रमा योगदान पुर्याइरहेका बलिया देशहरुका लागि यो घाटाको विषय हुनसक्छ । आफ्नो हतियारको साटो रुसको हतियार खरिद गर्ने हुँदा यस्तो सम्भावना देखिएको हो ।

हतियारको उत्पादन सँगै विक्रीका लागि रुसले एशिया, युरोप, अफ्रिका देखि दक्षिण अमेरिकी देशहरुसम्म लबिङ गरिरहेको छ । यसलाई रोक्न अमेरिकालगायतका केही युरोपेली देशहरु लागिपरेका छन् ।
हतियारको उत्पादन र होडवाजीले विश्वमा सैन्य गतिविधिलाई बढावा दिने खतरा बढेको छ । हतियार खरिदका लागि केही देशहरुको सक्रियतामा शक्तिशाली देशहरुको प्रतिष्पर्धा बढ्दा नयाँ द्वन्द्वको खतरा बन्न सक्छ ।

के छ एस—४०० मा

विगतमा ले बेच्दै आएको एस ३०० मिसाइलको विकसित रुप हो एस ४०० मिसाइल । जमिनबाट आकाशमा मार गर्न सक्ने यो मिसाइलको विशेष क्षमताका कारण चीन, भारत, साउदी अरेबिया, टर्की, कतार जस्ता देशहरुले खरिदको इच्छा देखाएका छन् ।


प्राविधिक रुपमा निकै प्रभावकारी भएकाले यसको माग शक्तिशाली देशहरुमा बढेको हो । रुसले हतियार खरिदलाई दृष्टिगत गरी कुटनीतिक र सैन्य गतिविधि बढाइरहेको छ । तेलपछि रुसको आम्दानीको मुख्य स्रोत हतियार हो । त्यसैले उसले नयाँ प्रविधि जडित हतियार अन्तर्राष्ट्रिय बजारमा ल्याइरहन्छ ।

एस-४०० ले ४०० किलोमिटर दूरीसम्म मार हान्न सक्छ । यसमा राडार र अन्य प्रकारको सेन्सर छ । राडारले ६०० किलोमिटर दूरीसम्मको निगरानीको क्षमता राख्छ ।

लक्ष्य भेदमा अब्बल रहेको, उच्च गतिशिलता र केही मिनेटमै प्रहार हुनसक्छ ।

तर, नेटो सदस्य राष्ट्र टर्कीले रुसमा निर्मित एस ४०० मिसाइल खरिद गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

एस-४०० विक्रीमा रुस अगाडि बढिरहँदा अमेरिकाले त्यसलाई रोक्न रणनीति अपनाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्