एजेन्सी, २ साउन । अफगानिस्तानको कान्दाहर शहरमा प्रहरी मुख्यालयमा कारबम हमला भएको छ । २ साउनमा भएको हमलालगत्तै गोली हानाहान भएको छ ।
आक्रमणकारीले मुलढोकामा कारबलमे हमला गरेलगत्तै गोली चलाएका थिए । प्रहरी र आक्रमणकारीबीच गोली हानाहान भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घटनाको क्षतिबारे केही बताइएको छैन ।
आक्रमणको जिम्मेवारी कसैले नलिएपनि तालिवानमाथि शंका गरिएको छ । विगतमा कान्दाहार तालिवानको अखडा थियो ।
१ साउनमा पश्चिम अफगानिसतानको अब्कामारी जिल्लामा २० जना कमान्डो तालिवानको एम्बुसमा मारिएका थिए । तालिवानले पछिल्लो समय आक्रमणलाई बढाइरहँदा पछिल्लो घटना भएको छ ।