इरानले तेल भरिएको जहाज नियन्त्रणमा लिएको छ । इरानको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ ।
इरानको राष्ट्रिय टेलिभिजनका अनुसार त्यहाँको सेनाले १२ जना चालक दलको सदस्यसहित खाडीको समुन्द्रमा तस्करीको तेल बोकेको जहाज नियन्त्रणमा लिएको छ । इरानी तस्करहरुमार्फत् १० लाख लिटर कच्चा तेल बोकेको दाबी इरानले गरेको छ ।
इरानको समुन्द्रमा पुगेपछि नियन्त्रणमा लिइएको तेल भरिएको जहाज कस्को हो भन्ने स्पष्ट भएको छैन । इरानसँग तिक्तापूर्ण सम्बन्ध रहेको संयुक्त अरब इमिरेट्सले उक्त जहाज आफ्नो नभएको बताएको छ ।
खाडीको समुन्द्रमा पछिल्लो समय तेल ट्यांकरसहितको जहाज नियन्त्रणमा लिने होडवाजी चलेको छ । त्यसले उक्त क्षेत्रमा युद्धको खतरा बढेको छ । Photo: Global Times