काठमाडौं । निर्माण व्यवसायीहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको मिसन र भीजनबारे टेलिभिजन कार्यक्रममै भनाभन भएको छ । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले ओलीको भीजन सही भएपनि सोहीअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरे ।