काठमाडौं, ३ साउन । ‘म जासुस होइन,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २ साउनमा एक पत्रकारको प्रश्नमा यस्तो जवाफ दिए ।
मन्त्री बाँस्कोटा मन्त्रिपरिषद्को निर्णयबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जानकारी गराउँदै थिए । निर्णय सुनाएपछि पत्रकारहरुले प्रश्न गर्न थाले ।
एक पत्रकारले भारतीय राजदूतावासले पत्रकारहरुलाई भारत भ्रमण गराएकोबारे मन्त्रालयसँग जानकारी छ कि छैन भनी प्रश्न गरेका थिए ।
खरो स्वभावका मन्त्री बाँस्कोटोल आफू को कता जान्छ भनी जासुस गरेर हिंड्ने जिम्मेवारीमा नबसेको जवाफ दिए ।
नेपालबाट भारतलगायत विभिन्न देशहरुले पत्रकारहरुलाई आफ्नो देशको भ्रमणका लागि निम्तो दिने गरेका छन् । निमन्त्रणा पाउने पत्रकारहरु समय र इच्छा अनुसार जाने गर्दछन् ।