Logo

समाचार प्रभावः रातभर खाल्डो पुरियो, रातारात सडकको मुहार फेरियो



काठमाडौं, ३ साउन । हिजोसम्म सडकमा खाल्डो परेर फोहोर पोखरी जस्तो थियो । रिपोर्टर्स नेपालले तस्वीरसहित सडकको हालतबारे खुलासा गर्यो ।

सडक हो कि फोहोर पोखरी ? शिर्षकको समाचार प्रकाशित भएलगत्तै    अन्र्तगतको मुख्य सडकको खाल्डो पुरिएको छ । रातभर खाल्डो पुरेपछि सडकको मुहार फेरिएको छ । जनताले राहत पाएका छन् ।

नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले तत्काल सक्रियता देखाएपछि सडकको खाल्डो पुरिएको हो । ग्वार्को लामाटार सडक अन्र्तगत सिद्धिपुर सडक खण्डमा ठाउँ ठाउँमा खाल्डो परेको थियो ।

अहिले खाल्डो पुरिएपछि जनता खुशी भएका छन् । इच्छाशक्ति भए जनताले दुःख पाउनुपर्दैन । यसको पुष्टि खाल्डो पुरिएपछि आवागमन सहज भएपछि थाहा भएको छ ।

सडक यस्तो भयो

सडक यस्तो थियो

तस्वीरहरुः रिपोर्टस नेपाल



प्रतिक्रिया दिनुहोस्