Logo

झरीमा पनि डाँडोदोहन, पहरा थर्काउने गरी मेशिनको प्रयोग (भिडियोसहित)



भक्तपुर, ४ साउन । आशापुरीमा ढुङ्गाखानी संचालकले डाँडो खोप्न मेशिनको प्रयोग गरिरहेका छन् । साउनको झरी र पहिरोको खतराबीच डाँडो थर्काइरहेका छन् ।

वरपरको वातावरण नै बिग्रने गरी आवाज मात्र नभई जमिन थर्किइरहेको छ । मेशिनले ढुङ्गा खोप्दा र फटाउँदा पहरा नै थर्किइरहेको छ ।

वातावरण विनाशको नमूना आशापुरीमा देखिएको छ । ढुङ्गाखानी संचालकले जङ्गल विनाश गरिरहँदा सम्बन्धित निकाय मौन छ ।
तस्वीरहरुः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्