Logo

काठमाडौं महानगरपालिकाको २०७६/०७७ को नीति तथा कार्यक्रम पारित



काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरको पाँचौ नगरसभाको बैठकले केही दिनअघि नै पारित गरेको भए पनि बुधबार महानगरले पत्रकार सम्मेलन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि ‘पूर्वाधार विकास वर्ष’ हुने बताए ।

नीति तथा कार्यक्रम राज्यको लोककल्याणकारी अवधारणा, संविधानले परिकल्पना गरेको समाजवादतर्फको यात्रा, नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली बनाउने दीर्घकालिन सोच समेतका आधारमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि परेका, पारिएका समूदायहरुलाई समेत उच्च प्राथमिकतामा राख्दै र आम महानगरवासीको सर्वोपरी हितलाई केन्द्रभागमा राखी तयार पारिएको जनाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्