धनुषा, ६ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान संविधान अपाङ्ग रहेको टिप्पणी गरेका छन् । सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले राज्यले संविधानले सुनिश्चित गरेका विभिन्न अधिकारहरुलाई अपाङ्ग बनाएर निरिह संघीय व्यवस्था लाद्न खोजेको बताए ।
वैद्यले जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको पनि बताए । उनले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा नेकपाले सत्ताको भोग विलासमा रहेर आफैले ल्याएको विभिन्न आन्दोलनको एजेण्डा विर्सिनु दुःखद रहेको बताए ।
उनले लोकसेवा आयोगले निकालेको विज्ञापन पनि आन्दोलनको जनभावना विपरित आएको बताए । वर्तमान सरकार पुरानै यतास्थितिवादीको सरकार रहेको भन्दै उनले केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्यूनिष्ट पार्टी नरहेको टिप्पणी गरे ।