साउन ६, रौतहट । बीपी स्मृति दिवसको अवसरमा तराईमा आएको बाढिमा परेर पीडित भएका परिवारहरुलाई नेपाल विद्यार्थी संघले राहत सामग्री वितरण गरेको छ ।
पिडाको घाउमा मलम लगाउने उद्धेस्यले बाढि पीडितहरुलाई राहत संकलन गरि वितरण गरिएको हो ।
रौतहट जिल्लाको गढीमाइ नगरपालिका वडा नम्बर २ र ३ मा पुगेर नेविसंघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वले राहत सामग्री वितरण गरेको हो ।
काफ्लेको नेतृत्वमा तीन सय पीडित परिवारलाई चामल, तेल, पाल, लत्ताकपडा लगायतका सामान प्रदान गरिएको संघका निवर्तमान केन्द्रिय सदस्य शुशील भट्टले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा रौतहट जिल्लाका कांग्रेस सभापति कृष्ण यादब, सासद देब प्रसाद तिमल्सिना, धनलाल ढोकर, स्थानीय जनप्रतिनिधि, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना लगायतका नेताकार्यकर्ताको उपस्थिति थियो ।
राहत संकलन तथा वितरणको झलक :
तस्विर : शुशील भट्ट