काठमाडौं । देशका विभिन्न स्थानहरुमा मेग गर्जन गराउने बादल विकसित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ७ साउनको मध्यराति जनाए अनुसार मेग गर्जन गराउने बादलको विकास हुने प्रणाली अझै शशक्त हुँदै जाने देखिन्छ ।
महाशाखाले गएराति काठमाडौं आसपासका जिल्ला र मध्य तराईका जिल्लाहरुमा वर्षा भएको जनाएको छ । बादल विकास हुने प्रणाली अझै शशक्त हुने भएकाले वर्षाको थप सम्भावना छ ।
एक हप्ता अघि अविरल वर्षापछि थाम्मिएको आकाश पुनः सक्रिय भएको छ । यसले अबको केही दिनमा पुनः वर्षाको सम्भावना बढाएको छ ।
दश दिन अघि भएको वर्षाले देशभर ठूलो धनजनको क्षति गरेको थियो । बाढी र पहिरोको खतरा टरेपनि फेरि वर्षाका सम्भावना रहेका क्षेत्रमा शतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । Photo: mfd nepal