Logo

भारतीय राजदूतावासमा महिला सांसद



काठमाडौं । महिला सांसदहरु भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायत भारतीय राजदूतावासका उच्च अधिकारीहरुसँग भेट गरेका छन् । ६ साउनको अपरान्ह भारतीय राजदूतावासमा २० भन्दा बढी महिला सांसदहरु पुगेर पुरीसँग भेट गरेका थिए ।

भारतीय राजदूतावासको निम्तोमा पुगेकाहरुमा सत्तारुढ र विपक्षी दलका नेताहरु छन् । नेपाल कम्युनिष्ट पार्टीबाट कोमल ओली, नविना लामा, गंगा सत्गौवा, नेपाली काँग्रेसकी सांसद तथा कोषाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुषाल, मीना पाण्डे, चित्रलेखा यादव, राजपाबाट चन्दा चौधरीलगायत सहभागी थिए ।

अपरान्ह चार बजेका लागि तय भएको भेट दुई घन्टा लामो समय चलेको थियो । कार्यक्रम खानपानसहित चलेको बुझिएको छ ।

भेटका क्रममा फोटोसेशन पनि चलेको थियो । निकै रसिला र हाँसिरहनुपर्ने राजदूत पुरीले रमाइला गफगाफ गरेको बुझिएको छ ।
भेटमा राजनीतिमा महिलाहरुको भूमिकालगायतका विषयमा छलफल भएको थियो । भारतीय राजदूतावासका डिसिएम अजयकुमारलगायतको भेटमा सहभागिता थियो । तस्वीरः भारतीय दूतावास



प्रतिक्रिया दिनुहोस्