Logo

बैठकको मुखमा देउवा-पौडेल मुखामुख



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अब बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच रस्साकस्सी नै पर्ने भएको छ । गत सातामात्रै पार्टीको नियमावली २०७६ पारित भएको थियो । तर, अहिले सभापति देउवा र नेता पौडेलबीच आ–आफ्नो अडानका कारण विवाद झनै लम्बिने निश्चित् भएको छ ।

गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले मस्यौदा प्रस्तुत गरेका थिए। नियमावली पारित गर्ने र सदस्यबाट आएका सुझाव समेट्ने प्रक्रियाबारे बैठकमा विवाद बढेको थियो। नियमावली मस्यौदा समितिमा जीवन परियार, ईश्वरी न्यौपाने, प्रदीप पौडेल र मीन विश्वकर्मा सदस्य छन्।

बैठकमा रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षधर केन्द्रीय सदस्यहरूले पार्टीमा सदस्यता, नविकरणा शुल्क तथा लेवी घटाउन माग गरेका थिए। केन्द्रीय कार्य समितिको बैठकमा असार २२ गते प्रस्तुत पार्टीको संशोधित नियमावलीको मस्यौदामाथि आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्नेगरी बैठकले सर्वसम्मतिले पारित गरेको बताइएको छ।

तर, सभापति देउवा पौडेल पक्षले उठाएका मागहरु सम्बोधन गर्ने पक्षमा छैनन् । उनले पेलेरै भएपनि अघि बढ्ने तयारी गरेका छन् । यता, पौडेलले पनि आफूहरुले उठाएका चासो सम्बोधन नभए ठीक नहुने भन्दै चेतावनी दिएका छन् । केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले निमन्त्रणा पठाएका हुन्। यसअघि कांग्रेसले साउन ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्