Logo

आजको संसद बैठक अवरोध नहुने, सार्वजनिक महत्वको विषयमा छलफल हुँदै



काठमाडौं, ८ साउन । आज अपरान्ह २ बजे बस्ने प्रतिनिधिसभाको बैठक सुचारु हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत भएको बुझिएको छ।

लगातार संसद अवरोध गर्दै आएका कांग्रेस र राजपाले नै बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । बुधबार २ बजे बस्ने संसद बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिने गरी दलहरुबीच सहमति भएको कांग्रेसका एक सांसदले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्