Logo

छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी, दुवै बेपत्ता



काठमाडौं, ८ साउन । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ ।

तर, छवि र शिल्पा दुवै यतिवेला बेपत्ता भएको स्रोतको दाबी छ । जेठी श्रीमतिले बहुविवाहको मुद्दा दर्ता गरेको दिनदिन नै दुवै काठमाडौं बाहिर रहेको बुझिएको छ । स्रोतले दिएको जानकारीअनुसार शिल्पा भने यतिवेला विराटनगरमा आफ्नो माइती घरमा बसेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्