Logo

स्मार्ट पार्किङ शुल्क घटाउँदै काठमाण्डौ महानगर, अण्डरग्राउन्ड पार्किङ पनि बन्ने



साउन ८, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले गरेको अधिकांश निर्णय विवादमा पर्ने गरेको छ । गत जेठको दोस्रो साताबाट काठमाण्डौको न्युरोड क्षेत्रमा सुरु गरिएको स्मार्ट पार्किङ पनि विवादमा छ । पार्किङ शुल्कका नाममा महानगरले पैसा बटुल्ने नीति लिएको भन्दै सवारी धनी रुष्ट छन् । यता महानगरले भने शुल्क घटाउने आश्वासन दिएको छ ।

काठमाडौं महानगरपालिकाले शुरु गरेको स्मार्ट पार्किङ न्यूरोडको खिचापोखरी, पाको, प्युखा र धर्मपथ क्षेत्रमा उपलब्ध छ । यि क्षेत्रमा ७ सयवटा मोटरसाइकल तथा स्कटुर अट्न सक्छन् भने एक सयभन्दा बढी कार, ट्क्यासी, जीपजस्ता सवारी साधनहरु पार्किङ गर्न सकिन्छ । स्मार्ट पार्किङको मूख्य विशेषता भनेको आफू पार्किङ स्थलमा पुग्नु अगावै ठाउँ रोक्न (बुक गर्न) सकिने सुविधा हो ।

एन्ड्रोइड मोवाइलमा ‘केटीएम पार्क’ नामक एप्लिकेशन डाउनलोड गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्न सकिन्छ । यसबाहेक टेलिफोनबाट पनि बुक गर्न सकिन्छ । आधुनिक तरिकाले पार्किङ गर्न पाउने व्यवस्था गरे पनि शुल्क भने बढि लिएको भन्दै विरोध भइरहेको छ ।

त्यस क्षेत्रमा मोटर साइकलका लागि १ घण्टासम्म २५ रुपैँया र साना सवारी साधनका लागि प्रतिघण्टा ८० रुपैँया शूल्क तोकिएको छ । छिन छिनमा ठूलो मात्रामा सवारी सधानको चाप हुने सो क्षेत्रमा घरमै बसेर मोबाइल एपमार्फत पार्किङ बुक सकिने भनेपनि त्यो व्यवहारिक नभएको कतिपयको गुनासो छ ।

स्मार्ट पार्किङले सवारीधनीलाई मात्रै होइन, त्यस क्षेत्रका व्यापारीलाई पनि समस्या छ । पाकिङले गर्दा पसलको सामान ओसारपसार गर्न समस्या भएको व्यापारीको गुनासो छ ।

काठमाडौ महानगरपालीकाका प्रवक्ता ईश्वरमान डंगोलले स्मार्ट पार्किङलाई विवादरहित बनाउने प्रयास भइरहेको जानकारी दिएका छन् । ‘भर्टिकल पार्किङ’ र अण्डरग्राउन्ड पार्किङ’ को व्यवस्था गर्ने महानगरेको योजना छ । पार्किङ शुल्कको रकम पनि घटाउने आश्वासन प्रवक्ता डंगोलले दिएका छन् ।

मोबाइल एपबाटै बुकिङसमेत गर्न सक्नेगरी निश्चित संख्यामा महानगरले पार्किङको व्यवस्था गरेको थियो । अहिले हिल्स ट्रली योर्स नामक निजी कम्पनीले पार्किङको जिम्मेवारी लिएको छ । काठमाडौं महानगरले तामझामका साथ स्मार्ट पार्किङको उद्घाटन गर्यो । तर यो पार्किङलाई स्मार्ट भन्न सकिने आधार देखिँदैन । न त विवादरहित नै बन्न सकेको छ ।



प्रतिक्रिया दिनुहोस्