Logo

गोरखाबाट १६ किलो सुन बरामद



काठमाडौं । गोरखाको प्रहरीले पहरोमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ। धार्चे गाउँपालिका (३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछीखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो।

प्रहरीका अनुसार चट्टानभित्र बोरामा लुकाइराखेको अवस्थामा १६ पिस सुन बरामद गरिएको हो । चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङलाई पक्राउ गरेपछि उनले नै पहरोमा लुकाइराखेको सुन देखाएका थिए। File Photo



प्रतिक्रिया दिनुहोस्