काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेट नगरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले दाबी गरेका छन ।
बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै बाँस्कोटाले ‘रअ’ का प्रमुख नेपाल आएकोबारे कुनै खबर सरकारसँग नरहेको स्पष्ट पारे । उनले भने,‘रअको प्रमुख नेपाल आए र प्रधानमन्त्रीलाई भेटेको भनेर ¥युमर फैलाउन खोजिएको हो ।’ प्रधानमन्त्रीले रअसँग भेट नगरे पनि भेट गरेझैं गरी मूलधारका मिडियाले हल्ला फैलाएको आरोप लगाए।