Logo

उड्ने मान्छेले इंग्लिस च्यानल पार गर्न खोज्दा (भिडियोसहित)



एजेन्सी । फ्रान्सेली नागरिक फ्रान्की जापाटाले उड्ने बोर्डबाट इंग्लिस च्यानल आधा मात्र पार गर्न सके । उत्तरी फ्रान्सबाट दक्षिणी बेलायतबीचको ५५ किलोमिटर दुरी २० मिनेटमा पार गर्ने उद्देश्यका साथ उडेका उनी आधा यात्रा मात्र पार गर्न सके । तेल भर्ने क्रममा पानीमा खसेका थिए ।

तेल भर्न डुंगामा उत्रन खोज्दा पूर्व जेट स्की च्याम्पियन फ्रान्की जापाटा खसेका थिए । तर, उनी घाइते भएनन् । जापाटाले हिम्मत हारेका छैनन् । अर्को प्रयास गरेर इंग्लिस च्यानल पार गर्ने बताए ।

सन्तुलन नमिल्दा डुंगामा केही सेन्टिमिटरका कारण पुग्न सकेनन् । जपाटाले पानीबाट १५ देखि २० मिटरमाथि रहेर १४० किलोमिटर गतिको यात्रा गर्दै बढेका थिए ।



प्रतिक्रिया दिनुहोस्