Logo

कांग्रेसमा महाधिवेशनको मिति माग, संरचनामा विवाद



साउन १०, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठक पनि निष्कर्ष विहिन टुङिगएको छ । संघीय संरचना अनुसारकै पार्टी संरचना बनाउने विषयमा कांग्रेसमा केही मतभेद देखिँदै आएको छ ।

मनोनयनमार्फत अन्तरिम संरचना बनाएर अघि बढ्ने कसरतमा संस्थापन पक्ष छ । तर त्यसको विरोध गर्दै अर्को पक्ष सबै संरचना प्रजातान्त्रिक व्यवस्थाअनुरुप चुनावमार्फत निर्माण गर्नुपर्ने माग गरिरहेको छ ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउने बारे छलफल भएपनि कुनै निश्चित उपलब्धि हात पर्न सकेन ।

महाधिवेशनका लागि आवश्यक धरातल तयार गर्न बैठकमा अन्तरिम संरचना कसरी बनाउने, पहिला कुन तहको संरचना निर्माण गर्ने, कुन समयमा बनाउने, निर्वाचन समितिलाई कसरी जिम्मा लगाउने, त्यसको प्रगति के कसरी लिने भन्ने बारेमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । संघीय संरचना अनुसारकै पार्टी संरचना बनाउने विषयमा कांग्रेसमा केही मतभेद देखिँदै आएको छ ।

मनोनयनमार्फत अन्तरिम संरचना बनाएर अघि बढ्ने कसरतमा संस्थापन पक्ष छ । तर त्यसको विरोध गर्दै अर्को पक्ष मनोनयन गर्न नहुने अडानमा छ । सबै संरचना प्रजातान्त्रिक व्यवस्थाअनुरुप चुनावमार्फत निर्माण गर्नुपर्ने संस्थापन इतर पक्षले माग गर्दै आएका छन् । शुक्रबारको बैठकमा बोल्दै नेता प्रदिप पौडेलले तल्लो तहमा रिक्त रहेका संरचनागत विषयमाथि आफ्नो धारणा राखेका थिए ।

१४ महाधिवेशनको तयारीका विषयमा विहिबारको बैठकमा बोल्नुभएका नेता नविन्द्रराज जोशीले शुक्रबारको बैठकमा पनि विचार विमर्श भएपनि अन्तरिम संरचनाको एजेण्डाले टुङगो नपाएको बताए ।

भदौ २४ गतेदेखि सुरु हुने भनिएको दोस्रो चरणको जागरण अभियान अगावै अन्तरिम संरचना निर्माण गरिसक्ने गरी कांग्रेसले तयारी अघि बढाएको हो । तर सहमति जुटेर टुङ्गोमा पर्याउन भने निकै सकस देखिएको छ ।

गुट उपगुटका कारण सधैँभरी समस्याग्रस्त बन्दै आएको कांग्रेस यसपटक पनि पुरानै रोगले थलिएको छ ।



प्रतिक्रिया दिनुहोस्