Logo

मुख्य नदीहरुबाट अबको तीन दिन खतरा छैन



काठमाडौं । देशभर तीन दिनसम्म मुख्य नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने छ । गृह मन्त्रालय अन्र्तगतको बाढी सूचना केन्द्रले जनाए अनुसार तीन दिनसम्म देशभरका मुख्य नदीबाट कुनै खतरा छैन ।

तर, पूर्व र पश्चिमका केही खहरेबाट खतरा छ । ११ साउनमा जारी गरिएको सूचना अनुसार ओखलढुङगा,रसुवा,धादिङ,गोरखा,दोलखा, रामेछाप, सिन्धुली,कैलाली,कञ्चनपुर,डडेलधुरा, डोटी,जुम्ला, डोल्पा, मुगु भई बहने केही खहरेहरूमा तुलनात्मक रुपमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव को संभावना छ ।

बाढी सूचना केन्द्रले खहरेहरुको बहाव आकस्मिक हुने सम्भावना रहेकाले सतर्क हुन भनेको छ ।



प्रतिक्रिया दिनुहोस्